चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अनुज निर्वाचित

झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अनुज खतिवडा चारजना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

पाँचवर्षे कार्यकालका लागि शनिबार वनकै कार्यालय पसिरमा सम्पन्न निर्वाचनमा ७०६ मत ल्याएर अध्यक्ष पदमा खतिवडा निर्वाचित भएका हुन् ।

अध्यक्षका अन्य प्रतिष्पर्धीहरू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेका चूडामणि मैनालीले ३८४ मत प्राप्त गरे भने जेनजी युवाको समर्थन पाएका राजु बरालले २९९, स्वतन्त्र उम्मेदवार रमेशकुमार न्यौपानेले २५५ र स्वतन्त्र उम्मेद्वार पुण्यप्रसाद पोखरेलले ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा विजयी खतिवडा नेकपा एमालेको समर्थनमा प्रतिष्पर्धामा थिए ।

यसैगरी उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी हुँदा प्रतिष्पर्धीहरु ईश्वरीप्रसाद रिजालले ४३७ मत, दिपेन्द्र कटुवालले ४२ र, दुर्योधन कार्कीले २७३ मत प्राप्त गरे ।

सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा प्रतिष्पर्धी रूषा पोखरेलले ३२५ मत प्राप्त गरिन् ।

त्यसैगरी सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकालले ४४९ मत पाए भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सञ्जेल अधिकारीले ४४३ मत प्राप्त गरिन् ।

त्यस्तै खुला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ मत तथा नुतन ढकाल ७३६ मतका साथ विजयी भएका छन् ।

६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं २ को संयोजक एकराज भुजेल र सहसंयोजक चित्रकला गिरी, क्षेत्र नं ३ सूर्यबहादुर अधिकारी संयोजक तथा सञ्जु चम्लागाई सहसंयोजक, क्षेत्र नं ४ रसत राजवंशी संयोजक तथा सरिता राजवंशी सहसंयोजक, क्षेत्र नं ५ तोयानाथ बास्तोला संयोजक तथा निर्मला पोखरेल सहसंयोजक र क्षेत्र नं ६ को संयोजकमा केदारबहादुर अधिकारी तथा गीताकुमारी निरौला कोइराला सहसंयोजकमा र ९ नम्वर क्षेत्रमा संयोजक भिमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित समितिलाई आज दिउँसो सपथ तथा पद हस्तान्तरण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *